मुख्य समाचार

विप्लवका नेता धमाधम पक्राउ, इलाममा ११ जना कार्यकर्ता प्रहरीको नियन्त्रणमा

विप्लवका नेता धमाधम पक्राउ, इलाममा ११ जना कार्यकर्ता प्रहरीको नियन्त्रणमा

इलाम । जिल्लामा नेकपा (विप्लव समूह) का ११ जना कार्यकर्ता  पक्राउ परेका छन् । जिल्लाको सूर्योदय नगरपालिका वडा नम्बर-५, समाल्बुङको सुम्फुङ्गमा नेकपा कार्यकर्ता पक्राउ परेका हुन् । 

 

पक्राउ पर्नेमा नेकपा मेची अञ्चल इन्चार्ज तथा केन्द्रीय सदस्य सुमन लिम्बूसहित ११ जना रहेका जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ  ।                                                         

                           

पक्राउ परेका ११ जनामध्ये एक जना इलामका र बाँकी १० जना झापाका रहेको बताइएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङका ४५ वर्षका अर्जुन आचार्य, झापा दमकका ३४ वर्षका सन्तोष लिम्बू, २८ वर्षका सुमनसिंह पौडेल, झापा शिवसताक्षी नगरपालिकाका ११ का ३० वर्षका तारा थापा, ३८ वर्षका चमनलाल माझी रहेका छन् । 

 

४८ वर्षका चित्र विश्वकर्मा, २९ वर्षका सुरेन्द्र मिश्र, २५ वर्षका सञ्जय राई, ३५ वर्षका  भिमकुमार सुब्बा, ३० वर्षका विनोद कुमार राई र इलाम देउमाई नगरपालिका ८ का ६७ वर्षका मोहनबहादुर बराल रहेका छन् । पक्राउ परेका सन्तोष लिम्बू पार्टीका सदस्य रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 


गाँउमा नेकपा (विप्लव समूह) ले विभिन्न गतिविधि गरिरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको इलामका प्रहरी प्रमुख एसपी माधवप्रसाद श्रेष्ठले बताए ।  

 

पक्राउ परेका ११ जनामाथि आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका नेकपाका कार्यकर्ताबाट पार्टीको आन्तरीक प्रशिक्षणको ब्यानर र पर्चा समेत बरामद गरेको बताइएको छ ।

विप्लव समूह इलाम कार्यकर्ता पक्राउ

विशेष