मुख्य समाचार

राष्ट्राध्यक्ष÷सरकार प्रमुखको सम्मानमा रात्रिभोज

बिम्स्टेक शिखर सम्मेलन

राष्ट्राध्यक्ष÷सरकार प्रमुखको सम्मानमा रात्रिभोज

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओली र उनका धर्मपत्नी राधिका शाक्यले बिहीबार साँझ राजधानीमा रात्रिभोज आयोजना गरेका छन् ।  

 

नेपालको कलासंस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रमका साथ आयोजित उक्त कार्यक्रममा सदस्य राष्ट्रका राष्ट्राध्यक्ष÷सरकार प्रमुखका श्रीमान्÷श्रीमती सहभागी थिए । बिम्स्टेकका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सदस्य देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुखलाई नेपालका पूर्वप्रधानमन्त्रीसँग परिचय गराएका थिए। 

 

रात्रिभोजमा बिम्स्टेक देशका विदेशमन्त्री, विदेश सचिवलगायत प्रतिनिधिमण्डलका सदस्य, कूटनीतिक नियोगका पदाधिकारी, वरिष्ठ सञ्चारकर्मीका साथै समाजका प्रतिष्ठित व्यक्तिको उपस्थिति थियो । त्यसअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनकी धर्मपत्नी सरस्वती अर्यालले विशिष्ट अतिथिको स्वागत गरेका थिए । 

बिम्स्टेक केपी शर्मा ओली रात्रिभोज

विशेष