खेल मुख्य समाचार

नेपालका लागि २५५ रनको चुनौती

नेपालका लागि २५५ रनको चुनौती

काठमाडौं । एसिया कप क्रिकेट छनोटको दोस्रो खेलमा नेपालले युएईसँग खेलिरहेको छ । मलेसियाको क्वालालम्पुरमा जारी खेलमा नेपालले विजयका लागि २५५ रनको चुनौती पाएको छ ।

 

नेपालले यसअघि टस जितेर पहिले फिल्डिङ गरेको थियो । युएईले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा २५४ रन बनाएको थियो । चिराग सुरीले ६५ तथा अदनान मुफ्तीले ४६ बलमा नटआउट रहँदै ५७ रन बनाए ।

 

नेपालका लागि पहिलो खेलमा ओमानविरुद्ध एक विकेट पनि नलिएका सन्दीप लामिछानेले युएईविरुद्ध भने निकै राम्रो बलिङ गरेका थिए । सन्दीपले ४ विकेट लिएका छन् । उनले १० ओभरमा २ मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिएका हुन् । बसन्त रेग्मी र सोमपाल कामीले २–२ विकेट लिए । कप्तान पारस खड्का, करण केसी र दीपेन्द्रसिंह ऐरीले विकेट लिन सकेनन् ।

 

पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको थियो । युएईले सिंगापुरलाई २१५ रनले हराएका थियो । नेपालले लिग चरणमा शनिबार आयोजक मलेसिया, आइतबार सिंगापुरविरुद्ध र अन्तिम खेल आगामी मंगलबार हङकङविरुद्ध खेल्नेछ ।


 

एसिया कप क्रिकेट

विशेष