स्वस्तिमाले ‘आँप खान मन लाग्यो’ भनेर कसलाई व्यंग्य कसिन् ?
काठमाडौं । पछिल्लो समय हिरोइनहरुबीच एक अर्कालाई छेडखानी गर्ने क्रम बढ्दो छ । केही समय पहिले पूजा शर्माले फेसबुकमा स्टाटस लेख्दै विकास बोर्ड अध्यक्ष निकिता पौडेलमाथि आक्रोश पोखिन् । पूजाको त्यही स्टाटसलाई व्यंग्य गर्दै आँचलले ‘रोई रोई के कलाकारिता गर्नु’ भनेर लेखिन् । पछि पूजाको समर्थनमा दर्शक उर्लिएको देखेपछि उनले स्टाटस हटाइन् ।
यसपछि वर्ष शिवाकोटी र वर्षा राउतको पनि द्वन्द्व उत्कर्षमा पुग्यो । दुवैले एक अर्कालाई उडाउन कुनै कसर बाँकी राख्ने गरेका छैनन् । यही भीडमा स्वस्तिमा पनि थपिएकी छन्, जहाँ उनले पनि कुरैकुरामा आँचललाई उडाइन् ।
कुनै एक युटुब अन्तर्वार्तामा जब ‘नाइ नभन्नु ल’ सिरिजमा जी भन्ने प्रसंग आयो, स्वस्तिमाले जिस्काउने र्शलीमा आँप खान मन लाग्यो भनेर हाँसिन् । जीभन्दा स्वस्तिमालाई आँप खान मन लाग्ने कारण भने अरु केही होइन, आँचल र पल हुन् । दुवैको नामको पहिलो अक्षर जोडेर उनीहरुलाई आँप जोडी भनेर भनिने गरेको छ । अझ आँचलले पललाई सम्बोधन गर्दा सधैं पलजी भनेर सम्बोधन गर्छिन् । स्वस्तिमाले यही सम्झेर अन्तवर्वार्ताका बीचमा ‘आँप’ खान मन लागेको बताएर आँचल र पललाई व्यंग्य गरेकी हुन् ।
शुक्रबारबाट साभार