मनोरञ्जन

 रेखाले अनमोलबाट केही सिक्ने हो कि ? 

 रेखाले अनमोलबाट केही सिक्ने हो कि ? 

काठमाडौं । ‘दुई चारवटा फिल्म खेल्नेलाई मेगास्टारको उपाधी दिने तर हामीले १५ वर्षदेखि एकसेएक हिट फिल्म दिँदा महानायिका नभन्ने’ भन्दै नायिका रेखा थापाले एउटा लेखमा गुनासो गरेकी थिइन् । रेखाको यो असन्तुष्टि अनमोल केसीलाई लिएर हो भन्ने कुरा डढेलझैं फैलियो तर रेखाको यो अभिव्यक्ति उनकै लागि टाउको दुखाइ बन्यो ।

 

उनलाई धेरैले झुर फिल्म खेल्ने अनि ठूलाठूला उपाधी माग्ने भन्दै उल्टो गाली गरे । रेखाले आफ्नै फिल्मको प्रेसमिटमा आफ्नो अभिव्यक्ति अनमोल लक्षित नभएको स्पष्टिकरण दिइन् । तर, अरुले रेखाको कुरा माने पनि भुवन केसीले भने मानेका छैनन् । उनले छोराको उपाधिमा प्रश्न गरेको भन्दै पिता केसी रेखाप्रति कुद्ध छन् । यही झोँकमा उनले आफूले निर्माण गरेको फिल्म रेखाकै फिल्मसँग जुधाउनेसम्मको हल्ला चलाएका थिए । 

 

यता सम्पूर्ण प्रकरणमा चुपचाप रहेका अनमोल केसीले अन्ततः उपाधिका विषयमा मुख खोल्दै आफ्ना लागि रेखा नै सबैभन्दा ठूलो स्टार रहेको जवाफ दिएका छन् । उनले एक अनालाइनसँगको अन्तर्वार्तामा रेखाको प्रशंसा गर्दै मेगास्टारभन्दा ठूलो पदवी भए आफ्ना लागि रेखा त्यही लायक भएको बताएका छन् । रेखाले अनमोलबाट केही सिक्ने कि ?

शुक्रबारबाट
 

 रेखा थापा

विशेष