खेल

एसिया कप छनोटः नेपालको १०० रन पूरा, सुबासले बनाए अर्धशतक ! [अपडेट]

एसिया कप छनोटः नेपालको १०० रन पूरा, सुबासले बनाए अर्धशतक ! [अपडेट]

काठमाडौं ।  मलेसियामा जारी एसीसी एसिया कप क्रिकेटमा युएईले दिएको २५५ रनको लक्ष्य पछ्याएको नेपालले १०० रन पूरा गरेको छ । उसले ३० ओभरमा ३ विकेटको क्षतीमा सय रन पूरा गरेको हो । 

 

नेपालका लागि कप्तान पारस खड्का १६, उप कप्तान ज्ञानेन्द्र मल्ल ४ र सागर पुनले ३ रन बनाउदै आउट भएका छन् । यसैबीच, ओपनर सुवास खकुरेलले अर्धशतक पूरा गरेका छन् । उनले ९६ बलमा ५० रन पूरा गरे । अहिले क्रीजमा दिपेन्द्रसिंह ऐरी र खकुरेल छन्।

 

युएई नेपालका लागि चिर परिचित प्रतिद्वन्द्वी हो । २० वर्षयता नेपाल र युएई १४ पटक आमने सामने भएकोमा १० पटक नेपाल पराजित भएको छ । ३ खेलमा विजयी हुँदा एक खेल बराबर भएको थियो । सन् १९९८ को एसीसी ट्रफीमा नेपाल र युएई पहिलो पटक खेलेका हुन्, जहाँ नेपालले ९४ रनको पराजय ब्यहोरेको थियो ।

 

युएईसँगको सातौं भेटमा मात्र नेपालले जित निकाल्न सकेको थियो । सन् २०१२ को एसीसी एलिट ट्रफीको समूह चरणमा नेपालले यूएईलाई ४ विकेटले हराएको थियो भने फाइनल खेल रोमाञ्चक बराबरीमा सकिएको थियो ।

 

नेपाल र युएई पछिल्लो पटक सन् २०१८ को डिभिजन टू मा भिडेका थिए । जहाँ समूह चरणमा नेपालले ४ विकेटको जित निकालेको थियो भने फाइनलमा ७ रनले पराजित भएको थियो । त्यसअघि विश्व क्रिकेट लिग च्याम्पियसिपको दुवै खेलमा नेपाल पराजित भएको थियो ।

एसिया कप छनोट सुवास खकुरेल

विशेष