राष्ट्रपति भण्डारीसँग विमस्टेका सदस्य राष्ट्रका प्रमुखद्वारा सामूहिक भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित विमस्टेक बैठकमा सहभागि हुन आएका सदस्य राष्ट्रका प्रमुखहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सामूहिक भेटवार्ता गरेका छन् । उनीहरुले राष्ट्रपति भवन शीतल निवासमा बिहिबार मध्यान्ह सामूहिक भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा प्रधानमन्त्री ओलीसहित भारतीका प्रधानमन्त्री नरेन्द्र मोदी, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा सहभागि रहेको परराष्ट्र मन्त्रालालयले जनाएको छ ।
विमस्टेक बैठक सामूहिक भेटवार्ता