खेल

नेपालको इनिङ धरापमा, आठौं विकेट पनि पतन ! [अपडेट]

नेपालको इनिङ धरापमा, आठौं विकेट पनि पतन ! [अपडेट]

काठमाडौं । मलेसियामा जारी एसीसी एसिया कप छनोटका लागि भइरहेको युएइसँगको खेलमा नेपालको लगातर विकेट पतन भइरहेको छ । 

 

४१ ओभरको खेल सकिदा नेपालले मात्र १४१ रन बनाएको छ । अझै जितका लागि उसलाई ५२ बलमा ११ रनको आवश्यकता छ । 

 

बुधबार ओमानसँगको खेलमा लज्जास्पद हार बेहोरेको नेपाल आज पनि विजयी हुन मुस्किल देखिएको छ । नेपालका महत्वपूर्ण आठ विकेट पतन भइसकेका छन् ।

 

 कप्तान पारस खड्का (१६) , ज्ञानेन्द्र मल्ल (४), सागर पुन (३), सुबास खकुरेल (५०), आरिफ शेख (३), करण केसी (०), दिपेन्द्र ऐरी (४०) आउछ भइसको छन् । अहिले क्रीजमा सोमपाल कामी र बसन्त रेग्मी छन् । 

 

२० वर्षयता नेपाल र युएई १४ पटक आमने सामने भएकोमा १० पटक नेपाल पराजित भएको छ । ३ खेलमा विजयी हुँदा एक खेल बराबर भएको थियो । 

 

सन् १९९८ को एसीसी ट्रफीमा नेपाल र युएई पहिलो पटक खेलेका हुन्, जहाँ नेपालले ९४ रनको पराजय ब्यहोरेको थियो ।

एसीसी एसिया कप

विशेष