प्रियंकाले गर्दा ‘भारत’ को स्कृप्टमा फेरबदल
नयाँ दिल्ली, एजेन्सी । बलिउड अभिनेता सलमान खानले भर्खरै माल्टाबाट आफ्नो आउँदै गरेको फिल्म ‘भारत’ को दोस्रो सेड्युल सकेका छन् । स्रोतले जनाएअनुसार सलमानले केही समय पहिला फिल्मको स्कृप्टमा केही परिवर्तन गर्नुपरेको थियो ।
मुल कहानीको अनुसार फिल्मको मुख्य एक्टरले एक युद्धमा आफ्नो एक खुट्टा गुमाउनुपर्छ । तर, सलमान र निर्देशन अली जफरले मिलेर यस सिक्वेन्सलाई फिल्ममा नराख्ने निर्णय गरेका छन् । फिल्ममा कट्रिनाको आगमन पछि स्कृप्टमा फेरि पनि परिवर्तन गरिएको छ ।
प्रियंका यस फिल्ममा एक नर्थ इण्डियन केटीको भूमिका निभाएकी थिइन् । प्रियंकाले बीचमै फिल्म छोडिन् । उनको ठाउँमा कट्रिनाको आगमन भएपछि उक्त भूमिकालाई पनि फेरिएको बताइएको छ । फिल्मको कहानी कोरियन फिल्म ‘आड टु माई फादर’ मा आधारित रहेको छ ।
प्रियंका