मनोरञ्जन

 गरिब किसानहरुको साढे १ करोडको ऋण तिर्दै अमिताभ बच्चन

 गरिब किसानहरुको साढे १ करोडको ऋण तिर्दै अमिताभ बच्चन

नयाँ दिल्ली, एजेन्सी । केराला बाढी पीडितलाई ५१ लाख रुपैयाँ सहयोग गरेपछि बलिउडका महानायक अमिताध बच्चनले अब किसान र सहिदका परिवारको सहयोगको लागि पनि हात बढाएका छन् । ‘कौैन बनेका करोडपति को’ १० औँ सिजनको पहिलो प्रेस कन्फेरेन्समा अमिताभ बच्चनले ऋणमा डुबेका किसानहरुको लागि १.२५ करोड रुपैयाँ अनुदान दिने बताएका हुन् । 

 

आफूले किसानहरुलाई किन सहयोग गर्न लागेको भन्नेबारे जोडिएको एक किस्सा पनि बच्चनले सुनाएका थिए । उनले भने की, केही वर्ष अघि उनी आंथप्रदेशमा सुटिङको लागि पुगेका थिए । त्यतिबेला उनले त्यहाँ किसानहरु ऋणको कारणले गर्दा आत्महत्या गरेको खबर पाए । यो देखेर उनलाई निकै दुःख लागेको थियो । तत्काल उनले ५० किसान परिवारको ऋण पनि तिरिदिएका थिए । अब अमिताभ २०० किसान परिवारलाई ऋण तिन सहयोग गर्दै छन् । 

 

किसानसँगै अमिताभले सहिदका परिवारलाई पनि सहयोग गर्दै छन् । प्रेस कन्फेरेन्समा उनले भने, ‘म सहिद परिवारलाई पनि केही गर्न चाहन्छु । यसै क्रममा मैले सरकारबाट ४४ परिवारका सूची प्रप्त गरेको छु । यी परिवारहरुको हेरचाहको लागि ११२ डिमान्ड ड्राफ्ट तयार भइको छ । करिब एक करोड रुपैयाँ सहिदका आमाबाबुलाई दिन्छौं ।’
 

अमिताभ बच्चन

विशेष