खेल

एशिया कप छनोटः शनिबार नेपाल र मेलेसिया भिड्ने

एशिया कप छनोटः शनिबार नेपाल र मेलेसिया भिड्ने

काठमाडौं । एशिया कप क्रिकेटको छनोट प्रतियोगिता अन्तर्गत नेपालले तेस्रो खेल शनिबार आयोजक मलेशियासँग खेल्दै छ । जारी प्रतियोगितामा दुई खेलमा पराजय भोगेको नेपाल अङ्कविहीन छ । नेपाल ओमनसँग सात विकेटले तथा यूएइसँग ७८ रनले पराजित भइसकेको छ ।

 

दुई खेल खेलेको मलेशियाले दुई अङ्क जोडेको छ । मलेशियाले हङ्कङलाई तीन विकेटले हराएको थियो भने ओमनसँग दुई विकेटले पराजित भएको थियो । 

 

प्रतियोगितामा ६ राष्ट्र सहभागी छन् । यूएई चार अङ्कसहित शीर्षस्थानमा छ । यूएईले सिङ्गापुर र नेपाललाई पराजित गरेको थियो । ओमन रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

 

एक(एक खेलमा विजयी हङ्कङ र मलेशिया दुई-दुई अङ्कका साथ क्रमशस् तेस्रो र चौथो स्थानमा छन् । नेपाल पाँचौं तथा सिङ्गापुर छैठौं स्थानमा छ ।

 

छनोट खेल्ने ६ टोलीमध्ये नेपाल र यूएई आर्इसीसी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र हुन् भने हङकङ हाल डिभिजन दुईमा छ । ओमन र सिङ्गापुर डिभिजन तीनमा तथा मलेसिया डिभिजन चारमा छ । 

 

छनोट प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । विजेता टोली एशिया कपमा सहभागी हुन पाउनेछ । एशिया कप यही भदौ २८ देखि असोज १२ गतेसम्म हुनेछ । 

नेपाल भर्सेस मलेसिया एशिया कप क्रिकेट

विशेष