मुख्य समाचार

प्रधानमन्त्री ओली र मोदीद्वारा २० करोडको धर्मशाला उद्घाटन

प्रधानमन्त्री ओली र मोदीद्वारा २० करोडको धर्मशाला उद्घाटन

काठमाडौ । नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले पशुपतिनाथ क्षेत्रमा निर्माण भएको धर्मशाला उद्घाटन गरेका छन् । शुक्रबार दुई प्रधानमन्त्रीले सयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

 

धर्मशाला उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पशुपतिनाथले नेपाल र भारतको सभ्यता र संस्कृतिलाई जोडेको बताए । उनले बागमतीलाई सफा गरेर यहाँ स्नान गरेर पशुपतिनाथको दर्शन गर्न सकिने व्यवस्था गर्ने बताए ।

 


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ हिन्दु र वौद्ध धर्माबलम्बीको संगमस्थल भएको बताउँदै यस क्षेत्रको विकासमा भारतको सद्भावना र सहयोग रहने बताए । 

 

 उक्त धर्मशाला भारतले २० करोड रुपैयाँको लागतमा बनाई दिएको हो । धर्मशालामा ३९८ शय्या, ८ वटा स्वीट वेड रुम र बाँकी साधारण रुमहरु छन्। जसमा ३ सय ९८ जना एकैपटकमा बस्न सक्छन्।

प्रधानमन्त्री केपी ओली भारतीय समकक्षी नरेन्द्र मोदी

विशेष