मुख्य समाचार

चिकित्सक संघद्वारा आन्दोलनको घोषणा, आइतबार देशभरका स्वास्थ्य संस्था बन्द

चिकित्सक संघद्वारा आन्दोलनको घोषणा, आइतबार देशभरका स्वास्थ्य संस्था बन्द

काठमाडौं । गएको भदौ १ गतेदेखि लागू गरेको मुलुकी अपराध संहितामा भएको व्यवस्थाले विरामीहरुको सहज उपचारमा कठिनाई उत्पन्न भएको भन्दै चिकित्सकहरुले आइतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने भएका छन् ।

 

मुलुकी अपराध संहितामा भएका कही प्रावधानलाई संशोधन गर्न सरकारलाई दवाव दिने उद्देश्यले चिकित्सकहरुले सांकेतिक रुपमा एक दिनका लागि कुनै पनि स्वास्थ्य संस्थाबाट ओपिडी सेवा नदिने चिकित्सक संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

 

मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ निर्माण गरी नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अपराधीको व्यवहार गरेको नेपाल चिकित्सक संघले जनाएको छ ।

 

संघले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट विवादित दफा तथा उपदफाहरुमा संशोधन गर्ने प्रतिबद्धता जारि गरेका कारण भदौ १५ गते सम्म संशोधन प्रक्रियाका लागि आन्दोलन स्थगित गरेका थियो ।

 

आन्दोलनका कार्यक्रम यस्ता छन-
-१८ भाद्र २०७५ सोमबार देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक कामहरु बन्द गर्ने ।

-१९ भाद्र मंगलबारदेखि आकस्मिक बाहेकका अन्य अन्तरंग सेवामा विरामी भर्ना गर्ने कार्य बन्द गर्ने ।

-२० भाद्र बुधबारदेखि आकस्मिक सेवा बाहेकका अन्य अपरेसनहरु बन्द गर्ने ।

-२१ भाद्र बिहीबारदेखि आकस्मिक सेवा बाहेकका ल्याब तथा रेडियोलोजी सेवाहरु बन्द गर्ने ।

-२२ भाद्र शुक्रबार देखी आकस्मिक बाहेकका ओपिडी लगायत सम्पूर्ण स्वास्थ्य सेवाहरु संघका मागहरु सम्बोधन नभएसम्म बन्द गर्ने ।

चिकित्सक संघ स्वास्थ्य संस्था बन्द

विशेष