रहेनन् गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमाल
काठमाडौं । गायक नाट्यकर्मी हरिप्रसाद रिमालको गएराती ९३ वर्षको उमेरमा निधन भएको छ । बानेश्वर हाइटस्थित आफ्नै निवासमा उनको निधन भएको जानकारी प्राप्त भएको छ ।
लामो समयदेखि स्वास्थ अवस्थामा आएको कमजोरीका कारण रिमाल घरमै आराम गर्दै आएका थिए । रिमाल प्रसिद्ध साहित्यकार गोपालप्रसाद रिमालका भाइसमेत हुन् । उनले फिल्म ‘आमा’ सँगै सन्न्तान, मुकुन्द इन्दिरालगायतका नाटकहरुमा पनि अभिनय गरेका छन् ।
रिमालको पार्थिव शरीरलाई अहिले बिहान १० बजेसम्म निवासमा राखिने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।