सारा अली खानसँग तुलना गरेपछि रिसाइन् जान्ह्वी
मुम्बई । बलिउडकी नव नायिका जान्ह्वी कपूरलाई यसै वर्ष निर्माता तथा निर्देशक करण जोहरले आफ्नो धर्मा प्रोडक्सनबाट लन्च गरेका हुन् । उनको डेब्यु फिल्म ‘धडक’ ले बक्स अफिसमा राम्रो कमाई ग¥यो । यसका साथै उक्त फिल्म कुनै पनि ‘न्युकमर’ को तुलनामा सबभन्दा बढी कमाई गर्ने फिल्म पनि बन्यो ।
जान्ह्वीसँगैै यो वर्ष अन्य धेरै नयाँ अनुहारको पनि बलिउडमा आगमन हुँदै छ । सैफ अली खानकी छोरी सारा अली खान यही वर्ष निर्देशक रोहित शेट्टीको फिल्म ‘सिम्बा’ बाट डेब्यु गर्दै छिन् । त्यस्तैगरि चंकी पाण्डेकी छोरी अनन्न्या पाण्डे टाइगर श्राफसँगै ‘स्टुडेन्ट अफ दी इयर २’ मा देखिनेछिन् ।
नयाँ अनुहारको आगमनले कत्तिको प्रतिस्पर्र्धा महशुश हुन्छ भनेर जान्ह्वीसँग जब प्रश्न गरियो तब उनले भनिन्, ‘मलाई थाहा छैन कि, सबैजना हामी नायिकाहरुको एकअर्र्काको विरुद्ध किन लागिपरिरहेका छन् ? प्रतिस्पर्धालाई नराम्रो तरिकाबाट लिने हो भने यो एकदमै खतरनाक हुन्छ । सधैं महिलालाई नै यो प्रतिस्पर्धामा किन राखिन्छ ? इशानलाई यस्तो प्रतिस्पर्धाकोबारेमा कसैले पनि प्रश्न गर्दैन । साच्चै भन्न्नुपर्दा हामी एक अर्काको प्रगतीमा खुशी हुन्छौं । आफू राम्रो काम गरिरहेको अवस्थामा अरुबाट पनि राम्रै कामको आशा हुन्छ ।’
उनले थपिन्, ‘म सारा, अनन्या र ताराको काम हेर्न एकदम आतूर छु । स्क्रीनमा उनीहरुको जादु हेर्न लालयित भएएकी छु । इन्डस्ट्रिमा नयाँ अनुहार र नयाँ खुबी देख्न पाउनुु राम्रो कुरा हो ।’
एजेन्सी