मुख्य समाचार

१८ बुँदे घोषणापत्र जारी गर्दै चौथो बिमस्टेक सम्मेलन सकियो

१८ बुँदे घोषणापत्र जारी गर्दै चौथो बिमस्टेक सम्मेलन सकियो

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो शिखर सम्मेलन सकिएको छ । बिहीबारदेखि शुरु भएको सम्मलेन १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै शुक्रबार सकिएको हो ।

 

शुक्रबार भएको समापन समारोहमा विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्ग (बिमस्टेक ग्रीड इन्टरकनेक्सन) सहमति पत्र हस्ताक्षर भएको छ । 

 

यो सम्झौताले बिमस्टेकका सदस्य देशहरूबीच उर्जा आदानप्रदानको बाटो खोल्नेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनालाई बिमस्टेकको अध्यक्षता हस्तान्तरण पनि गरेका छन् ।

बिमस्टेकको अध्यक्षता नेपालले २०१४ देखि गर्दै आएको थियो । सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली, बंगालदेशी प्रधानमन्त्री, शेख हिसना, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्मारका राष्ट्रपति विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुत च्यान ओचा सहभागी थिए ।

 

दुई दिने सम्मेलनका लागि आएका अतिथिमध्ये बंगलादेशकी प्रधानमन्त्री हसिना, म्यान्मारका राष्ट्रपति विन, थाइल्याण्डका प्रधानमन्त्री प्रयुट र भारतका प्रधानमन्त्री मोदी शुक्रबार नै फर्किदै छन् । 

 

मोदीले स्वदेश र्फकनुअघि पशुपति क्षेत्रमा निर्मित धर्मशाला उदघाटन गर्ने कार्यक्रम छ । केहीबेरमा प्रधानमन्त्री केपी शर्मा ओली र मोदीको उपस्थितिमा रक्सौल-काठमाडौं रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौतापत्रमा हस्तक्षार हुने बताइएको छ ।

 

पाँचौ शिखर सम्मेलन श्रीलंकाले आयोजना गर्नेछ । बिमस्टेक सम्मेलन २००४ मा थाइल्याण्ड, २००८ मा भारत र २०१४ मा म्यान्मारले आयोजना गरेको थियो ।

बिमस्टेक सम्मेलन १८ बुँदे घोषणापत्र

विशेष