मनोरञ्जन

सलमानका यी ज्वाईंलाई अर्पिताको हात माग्न जाँदा पसिनै छुट्यो

सलमानका यी ज्वाईंलाई अर्पिताको हात माग्न जाँदा पसिनै छुट्यो

नयाँ दिल्ली । सलमान खान बहिनी अर्पिता खान र ज्वाईं आयुष शर्माको मामलामा एकदम ध्यान दिने गर्छन् । बहिनीसँग उनको लगाव पनि सामाजिक सञ्जालहरुमा धेरै देखिने गर्छ । उनले अर्पिताका श्रीमान आयुषलाई पहिलो भेटमै मन पराएका थिए ।
 

 

सञ्चारमाध्यमसँगको कुराकानीको क्रममा आयुषले आफूलाई सलमानसँग अर्र्पितासँगको विवाहको कुरा गर्न  जाँदा पसिना नै छुटेको बताए । सलमान आफू त विवाह गर्ने तयारीमा छैनन् तर अरुको विवाहमा पनि उनी रोक लगाउँदैनन् । आयुषसँगको पहिलो भेटमा नै उनले दुुईजनाको प्रेम सम्बन्धलाई स्वीकार गरेका थिए । 
 

 

यसबारेमा आयुष भन्छन्, ‘सुरुवाती दिनमा धेरैजसो केटीको दाजुभाइ अरुको प्रेम सम्बन्धमा भिलेनजस्तो व्यवहार देखाउँछन् । मेरो मामलामा उनी साक्षात दाइ नै थिए । कसैले अन्दाज पनि लगाउन सक्दैैन कि मलाई पहिलो पटक उनीसँग अर्पिताको हात माग्न जाँदा कत्तिको गाह्रो भएको थियो भनेर । पसिना नै छुटेको थियो । तर उनी एकदम सपोर्टिव निस्किए ।’ आयुषलाई सलमानले भने, ‘योंग उमेरमा विवाह गर्ने  निर्णय गर्नु कुनैै ठूलो कुरा होइन । तर यसलाई राम्ररी निभाउनु ।’ सलमानकै कारण अर्पितासँगको दाम्पत्य जीवन एकदम सुखी भएको उनी बताउँछन् । 
 

 

चार वर्षको प्रेम सम्बन्ध पछि अर्पिता र आयुषले १८ नोभेम्बर २०१४ मा विवाह गरेका थिए । 
 
 

सलमान

विशेष