जंगबहादुरका ४२ रानी, तीन जनालाई त जिउँदै जलाइयो
काठमाडौं । नेपालको इतिहासमा जंगबहादुर राणा एक कलंकका रुपमा चित्रित छन् । राणा शासनको उदय गराउने प्रधानमन्त्री जंगबहादुरका एकाध किस्साले उनी कतै असल नै त थिएनन् ? भन्ने भ्रम पैदा गर्छ । तर उनी नेपाल र नेपालीका लागि इतिहासका खलपात्र हुन् ।
उनलाई उनका सन्तानहरुले भने आदर्शको रुपमा लिन्छन् । जस्तो कि राप्रपाका अध्यक्ष पशुपति शमशेर जबरा । जबराको अर्थ हुन्छ जंगबहादुर राणा । नेपाल बिगार्ने खलपात्रलाई उनका वंशजहरुले महान ठान्छन् । यी राणा प्रधानमन्त्री जब मरे, तीन जना रानीहरुलाई त उनीसँगै चितामा राखेर जिउँदै पोलियो । मारियो ।
उनका ४२ जना पत्नीहरु थिए । ती पत्नीहरुको नाम तस्वीरमा पढ्न सकिन्छ ।