कभर स्टोरी

नक्कली शैक्षिक प्रमाणपत्र बोकेर सरकारी कार्यालयमा हैकम चलाउदैछन् यि हाकिम

नक्कली शैक्षिक प्रमाणपत्र बोकेर सरकारी कार्यालयमा हैकम चलाउदैछन् यि हाकिम

काठमाडौं । आर्युवेद चिकित्सालय नरदेवीका महानिर्देशक श्यामबाबु यादवको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलेको छ । नक्कली प्रमाणपत्रको आडमा यादवले सरकारी जागिर खाइरहेका छन् । नेपाल आजलाई प्राप्त प्रमाण हेर्ने हो भने निर्देशक यादवले आइएससी अध्ययन नै नगरी भारतको बिहारबाट नक्कली प्रमाणपत्र झिकाएर बिएससी अध्ययन गरेको देखिएको छ । 

 

के हो खास कुरा ?
यादवको शैक्षिक प्रमाणपत्र हेर्ने हो भने उनले ०४६ सालमा योगकुमार सेकेण्डरी स्कुलबाट एसएलसी पास गरेको देखन्छि । सोही वर्ष आर्युवेद क्याम्पस कलंकी, काठमाडौंमा आर्युवेद सहायक कोर्ष गरेको र ०४७ साल फागुनमा परीक्षामा संलग्न रहेको देखिन्छ । यसरी उनले १३ साउन ०४८ मा प्रमाणपत्र प्राप्त गरेको देखिन्छ । 


शंकास्पद कुरा के छ भने उनीसँग ०४७–०४९ सम्म बिहारको सीतामढी राम औतार राजकिशोर माधुरी यादव कलेजबाट इन्टरमिडियट (साइन्स) मा नियमित पढेको अर्को प्रमाणपत्र पनि छ । यसरी उनले एउटै समयमा दुई स्थानमा पढाई गरेको देखिन्छ । नेपाल र भारतमा एउटै समयमा उपस्थिति भई नियमित पढाई गर्न पक्कै सम्भव छैन । त्यसैले उनको प्रमाणपत्र नक्कली भएको यहिँबाट पुष्टी हुन्छ । उनले दुवै प्रमाणपत्र पेश गरेर सरकारी जागिर खाएका छन् ।


भारतको कोर्ष अध्ययन गर्न आर्युवेद सहायक कोर्ष उत्तिर्ण गर्नु अनिवार्य छ । यसरी उनले नक्कली प्रमाणपत्रको बलमा बिएससी अध्ययन गरेको देखिन्छ । अझ अर्को गम्भीर प्रश्न त के छ भने सरकारी सेवामा आवद्ध रहँदा एमडी अध्ययन गर्न कि सरकारी विदा लिनुपर्छ कि सरकारकै स्कलरसीप पाउनुपर्छ ।  तर, उनले नियमविपरित एमडी अध्ययन गरे र उत्तिर्ण प्रमाणपत्र पेश गरेर १० औँ तहमा बढुवा भए । 

अख्तियारमा उजुरी
यादवको नक्कली प्रमाणपत्रधारीको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ । गत ८ साउनमा उजुरी परे पनि यसलाई गुपचुप राख्ने प्रयास गरिएको छ । 


स्रोतका अनुसार यादवलाई स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संरक्षण छ । साथै सचिव पुष्पा चौधरीले पनि साथ दिएकी छन् । ‘भारतीय दूतावासमा राम्रो लिंक भएका कारण उनलाई कसैले कारबाही गर्ने आँट गरेको छैन । नत्र उनको प्रमाणपत्र हेर्ने हो भने नक्कली रहेको प्रष्ट हुन्छ’ स्वास्थ्य मन्त्रालय स्रोतले नेपाल आजसँग भन्यो । यस विषयमा उनीसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल अफ थियो । 
 

श्यामबाबु यादव शैक्षिक प्रमाणपत्र नक्कली

विशेष