खेल

जर्मनी स्ट्राइकर गोमेजले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

जर्मनी स्ट्राइकर गोमेजले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौं । जर्मनी स्ट्राइकर मारियो गोमेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्।

 

जर्मनी विश्वकपमा समूह चरणबाटै बाहिरिएपछि टोली आलोचिल हुँदै आएको छ । यस्तो अवस्थामा तीन वटै खेलमा मौका पाएका गोमेजले फेसबुकमा स्टाटस राख्दै सन्यास घोषणा गरेका हुन् ।

 

३३ वर्षीय गोमेजले फेसबुकमा लेखेका छन्, ‘सन्यास अघि मैले प्रशिक्षक लोउसँग सल्लाह मागेको थिएँ। हामीबीच राम्रो छलफल भएको थियो । मेरा लागि रसिया विश्वकप एक सपना थियो । तर, हामीले समूह चरण पार गर्न सकेनौ । यसले पनि हामीलाई प्रभाव पार्यो। आजको दिनलाई सन्यास लिने उपयुक्त समय ठानेको छु।’

 

सन् २००७ मा स्वीटजरल्याण्डबिरूद्ध जर्मनीको लागि राष्ट्रिय टिममा डेब्यू गरेका उनले ७८ खेलमा ३१ गोल गरे ।
 

विशेष