अझै दुई दिन भारी वर्षा हुने
काठमाडौं । देशका विभिन्न स्थानमा अझै दुई दिन भारी वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी तराई, मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा छ।
त्यस्तै, राजधानीका नख्खु, मनोहरा, बागमती, धोबीखोला र बिष्णुमती नदीमा पानीको बहाव बढिरहेको छ। यी क्षेत्रमा डुबान पर्ने सम्भावना छ । काठमाडौंसँगै गरी दाङ, बांके, बर्दिया, कैलाली, सुर्खत, झापा, मोरङ, सुनसरी, सिन्धुली जिल्लामा बाढीको सम्भावना छ ।
भारी वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थानसँगै नेपालगञ्ज विववादमा परेका छन् ।