इतिहास रचेर नेपाली टोली स्वदेश फर्कियो

काठमाडौं । नेदरल्याण्ड्समा ऐतिहासिक क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्किएको छ ।
सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेपका सदस्य सचिव केशवकुमार विष्टलगायतले टोलीको स्वागत गरे ।
नेपाली टोलीले नेदरल्यान्ड्ससँग दुई एकदिवसीय क्रिकेट खेलेको थियो । जसमा एक जित र एक हार भएको थियो ।
एकदिवसीए क्रिकेटको मान्यता पाएपछि पहिलोपटक नेपालले नेदरल्याण्ड्ससँग खेलेको हो ।
नेपाली क्रिकेट टोली