मनोरञ्जन

‘भारत’ को लागि सलमानले कट्रिनालाई दोब्बर पारिश्रामिक दिने

‘भारत’ को लागि सलमानले कट्रिनालाई दोब्बर पारिश्रामिक दिने

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाले फिल्म ‘भारत’ मा काम गर्न नमानेपछि अब फिल्ममा कट्रिनाले काम गर्ने भएकी छिन् । भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार, कट्रिनाले फिल्ममा काम गरेवापत अन्य फिल्ममा भन्दा दोब्बर पारिश्रामिक पाउने भएकी छिन् । 

प्रियंका भन्दा पहिला पनि उक्त फिल्मको लागि सलमानको रोजाइमा कट्रिना नै परेकी थिइन् । अब जब प्रियंका फिल्मबाट अलग भइन् कट्रिना पैसाको कुराबारे कुनै सल्लाहबिना नै काम गर्न राजी भइन् । त्यसकारण सलमानले कट्रिनालाई पनि प्रियंकालाई दिन लागेको जति नै रकम दिने निर्णय गरेका छन् । खबरअनुसार, प्रियंकालाई उक्त फिल्मको लागि १२ करोड भारु दिइएको थियो । कट्रिनाले अहिलेसम्म काम गरेवापत ५ देखि ६ करोडसम्म पारिश्रामिक लिँदै आएकी छिन् । 

फिल्म ‘भारत’ लाई अलि अब्बास जफरले निर्देशन गर्दै छन् भने सलमान खान फिल्मका मुख्य पात्र हुन् । उक्त फिल्ममा काम गर्न असहमति जनाउनेवित्तिकै प्रियंकाले हलिउड फिल्म ‘काउबोय निन्जा वाइकिंग’ मा क्रिस पैटसँग देखिने भएकी छिन् ।   

Salman Khan Katrina Kaif

विशेष