मुख्य समाचार

निशान खड्का अपहरणः पेन्टरसँग कसरी आयो पेस्तोल ?

निशान खड्का अपहरणः पेन्टरसँग कसरी आयो पेस्तोल ?

काठमाडौं । काँडाघारीस्थित हाइल्यान्ड स्कुलमा कक्षा ६ मा पढ्ने निशान खड्का इन्काउन्टरमा प्रश्न उठेको छ । 


घटना विवरणअनुसार अपहरणकारी भनिएका दुवैजना आरोपी पेसेवर अपराधी होइनन् । किनकि, अपहरण र हत्यापछि बालकको शव खाल्डोमा पुरेर उनीहरू आफ्नो डेरामा पुगेका छन् र लुगा धोएर रेलिङमा सुकाएर सुतेका छन् । 

 

त्यति मात्र होइन, बालककी आमालाई समेत फोन गरेर फिरौती मागेका छन् । यति गरिसकेपछि पनि आफ्नै कोठामा सुत्ने उनीहरू अपराधी नै भए पनि पेसेवर होइनन् । तर, प्रहरीले लास देखाउँदा उनीहरूको हातमा पेस्तोल छ । 

 

प्रहरीलाई फायरिङ गर्दै जंगल–जंगल भागेकाले जवाफी कारबाहीमा मारिएको भनिएको छ । गोलीले शरीर क्षतविक्षत हुँदा पनि हातमा पेस्तोल छुटेको छैन । –नयाँ पत्रिकाबाट

विशेष