मुख्य समाचार

संसदीय सुनुवाइ समितिको निर्णयमा जनमोर्चाको ताली 

संसदीय सुनुवाइ समितिको निर्णयमा जनमोर्चाको ताली 

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गर्ने संसदीय सुनुवाइ समितिको निर्णयलाई स्वागत गरेको छ । 

 

पार्टीका अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा जोशीले विगतमा सम्पादन गरेका विवादित मुद्दाका कारण २०७१ मा सर्वोच्च अदालतका न्यायाधीश पदमा सिफारिश गर्दा नै आफ्नो पार्टीले विरोध जनाएको उल्लेख गरे । 

 

विज्ञप्तिमा भनिएको छ, ‘समितिले यसभन्दा अघि औपचारिकताका लागि मात्र सुनुवाइ गर्ने गरेको परम्पराविरुद्ध पहिलो पटक आफ्नो अधिकारको सही प्रयोग गरेको छ ।’

 

संसदीय समितिको यो निर्णयले संवैधानिक पदका लागि सिफारिश गरिएका व्यक्तिलाई अस्वीकार पनि गर्न सकिने मान्यता स्थापित भएको विज्ञप्तिमा उल्लेख छ । 

दीपकराज जोशी

विशेष