खेल

चार नेपाली क्रिकेटर अन्तर्राष्ट्रिय बरियतामा

चार नेपाली क्रिकेटर अन्तर्राष्ट्रिय बरियतामा

काठमाडौं । चार नेपाली क्रिकेटर अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को बरियतामा परेका छन् । 

 

नयाँ बरियतामा टी–२० क्रिकेटतर्फ नेपालका दुई बलर तथा दुई ब्याट्सम्यान शीर्ष १०० मा परेका हुन् । ब्याटिङतर्फ कप्तान पारस खड्का र शरद भेषावाकर तथा बलिङ्गतर्फ बसन्त रेग्मी र सोमपाल कामी बरियतामा छन् ।

 

कप्तान खड्का ९० औं र शरद ९८ औं स्थानमा छन्। बलरको बरियतामा बसन्त ७१ औं र सोमपाल ९२ औं स्थानमा छन्। 

विशेष