खेल मुख्य समाचार

आइसिसी वरीयतामा ४ नेपाली खेलाडी

आइसिसी वरीयतामा ४ नेपाली खेलाडी

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कासहित चार खेलाडी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)कोे ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलाडीको वरीयतामा परेका छन्। 

 

आइसिसीले आइतबार निकालेको नयाँ वरीयतामा नेपालका कप्तान पारस ९०औं स्थानमा रहेका छन् भने शरद भेषावकर ९८औं स्थानमा छन्।

 

वेस्ट इन्डिजका ब्याट्सम्यान डारेन सामी (९९) शरदभन्दा एक स्थान तल छन् भने अस्ट्रेलियाका जर्ज ब्याली, वेस्ट इन्डिजका किरण पोलार्ड, श्रीलंकाका मुनवीरा पारसभन्दा तल छन् । अस्ट्रेलियाका एरोन फिन्च शीर्ष स्थानमा छन् भने पाकिस्तानका फखर जमान दोस्रो र भारतका लोकेश राहुल तेस्रो स्थानमा छन्।

 

जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोट प्रतियोगितामा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । त्यसपछि नेपाली टोलीले लडर्समा नेदरल्यान्ड्सविरुद्ध पहिलो पटक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो । तथापि वर्षाका कारण त्यो खेल बराबरीमा टुंगिएको थियो।

 

बलिङतर्फ नेपालका लेग स्पिनर वसन्त रेग्मी ७१औं स्थानमा छन् भने तीव्र गतिका बलर सोमपाल कामी ९२औं स्थानमा छन्। वेस्ट इन्डिजका मार्लोन सामुइल्स, आन्द्रे रूसेल श्रीलंकाका एन्जोलो म्याथ्युज, भारतका रवीन्द्र जडेजा वसन्तभन्दा तल रहेका छन्।

 

अफगानिस्तानका रसिद खान बलिङतर्फ शीर्ष स्थानमा छन् भने पाकिस्तानका साडब खान दोस्रो तथा इश सोधी तेस्रो स्थानमा छन् । नेपाली चर्चित खेलाडी सन्दीप लामिछाने भने वरीयताभित्र  परेका छैनन्।

नेपाली क्रिकेट टोली आइसिसी कप्तान पारस खड्का शरद भेषावकर

विशेष