मनोरञ्जन

तोडिन् प्रियंकाले मौनता

तोडिन् प्रियंकाले मौनता

नयाँदिल्ली । बलिउड अभिनेत्री प्रियंका चोपडाको हलिउड अभिनेता निक जोनससँगको प्रेम सम्बन्ध अहिलेका दिनमा चर्चामा  छ । उनीबारे विभिन्न सञ्चारमाध्यममा अनेक टिप्पणी आइरहँदा पनि केही नबोलेकी चोपडाले अब भने मौनता तोडेकी छन् ।

 

 यी दिनहरूमा प्रियंका बढी नै विवादमा परेकी छन् । पहिलो त, सलमान खानको फिल्म ‘भारत’ बाट बाहिरिनु र दोस्रो  निक जोनससँग ‘इन्गेजमेन्ट’ गर्ने कुराले फिल्ममा काम गर्न अस्वीकार गरेको आरोप पनि उनले खेपिरहेकी छन् । यसका साथै प्रियंकाले क्रिस प्राटसँग हलिउड फिल्ममा काम गर्न लागेको खबर पनि बाहिरियो । 

आधिकारिक रूपमा आफ्नो व्यक्तिगत सम्बन्धबारे केही जानकारी नदिएपनि मिडियामा आएका अनेक अफवाहहरूबारे प्रियंकाले अब भने मुख खोलेकी छिन् । भारतको दिल्लीमा भएको एक कार्यक्रममा उनले आफ्नो सम्बन्धबारेको मौनता तोडेकी छन् । उनले भनिन्, ‘मेरो व्यक्तिगत जीवनलाई पब्लिकले शोषण गर्नु मिल्दैन । हो, मेरो जीवनमा ९० प्रतिशत हिस्सा पब्लिकको छ । तर यसमा १० प्रतिशत मेरो व्यक्तिगत हिस्सा हुुन्छ । म एउटा महिला हुँ र आफ्नो व्यक्तिगत कुरा गोप्य नै राख्ने मेरो अधिकार पनि छ । त्यसैले मैले मेरो सबै कुराको बयान दिँदै हिँड्नुपर्छ जस्तो मलाई लाग्दैन ।’ एजेन्सी ।  

प्रियंका चोपडा

विशेष