गभर्नर नेपालको आयो यस्तो चेतावनी
ललितपुर । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले सम्पूर्ण वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूलाई ऋणको ब्याज घटाउन आग्रह गरेका छन् ।
बैंकिङ क्षेत्रका विषयमा आर्थिक पत्रकारहरूलाई जानकारी दिन ललितपुरमा बिहीबार आयोजित कार्यक्रममा गभर्नर नेपालले बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप संकलन गर्न नयाँ योजना ल्याउने तर ऋण दिँदा ब्यान नघटाउने प्रवृत्ति मौद्रिक नीति नभएकाले ऋणको व्याजदर घटाउनुपर्नेमा जोड दिए ।
गभर्नर नेपालले भने, ‘अब बैंकले ऋणको व्याजदर घटाउनुपर्छ । निक्षेप संकलनमा योजना ल्याउनेले ऋण दिँदा ब्याज घटाउनु पर्छ । वित्तीय क्षेत्रलाई पुलिसको जस्तो व्यवहार गरेर वा समातेर जेल हाल्ने काम गर्न नपरोस्।’
गभर्नर नेपालले भने, ‘बैंकहरूले प्रतिवेदन साधारण, सरल, सहज भाषामा तयार पार्नुपर्छ । अनि मात्र पत्रकारले पनि बुझेर समाचार राम्रो लेख्न सक्छन्।’
गभर्नर नेपालले आर्थिक वृद्धि ८ प्रतिशत पुग्ने संकेत देखिएको दाबी गरे । वित्तीय क्षेत्रले निक्षेप संकलन गरेर तरलता बलियो बनाउनुपर्ने उनको भनाइ छ ।
गभर्नर नेपालले चालु साउनको तीन सातामा बजारबाट ९३ अर्ब २५ करोड रुपैयाँ संकलन गरिएको र उक्त रकम विकास योजनामा लगाउने जानकारी दिए ।
कार्यक्रममा बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले गभर्नर नेपालको आग्रहलाई सम्बोधन गरेर भने, ‘गभर्नरको भनाइअनुसार ऋणको ब्याजदर घटाउन चालु आर्थिक वर्षको त्रैमासिकसम्म कुर्नुपर्ने हुन्छ ।’ बताए । उनले निक्षेपको पनि ब्याजदर घट्न सक्ने बताए ।