अपराध सुरक्षा मुख्य समाचार

इन्काउण्टरमा मारिएको घटनाबारे सरकारले छानबिन गर्छ: गृहमन्त्री थापा

इन्काउण्टरमा मारिएको घटनाबारे सरकारले छानबिन गर्छ: गृहमन्त्री थापा

काठमाडाैं । सरकारले निसान खड्काको अपहरणमा संलग्न दुई व्यक्तिको प्रहरी इन्काउण्टरमा मारिएको घटनाबारे अाधिकनरिता धारणा सार्वजनिक गरेकाे छ ।

 

बिहिबार गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री थापाले इन्काउण्टरबारे सरकारले छानविन गर्ने बताएका हुन् ।

 

बालक अपहरणपछि हत्यामा संलग्न भएको भनिएका गोपाल तामाङ र अजय तामाङलाई डेराबाट नियन्त्रणमा लिएर प्रहरीले भक्तपुरको पाईलटबाबा आश्रम नजिकको जंगलमा लगेर इन्काउण्टर गरेको घटना शंकास्पद भएको भन्दै समिति सदस्यहरुले स्पष्ट छानविनको माग गरेपछि गृहमन्त्रीले त्यसमा सरकारको प्रतिवद्धता जनाएका हुन् ।

रामबहादुर थापा गृहमन्त्री निसान खड्का

विशेष