मुख्य समाचार

निर्मला हत्या प्रकरण : एसपी विष्टका छोराले लिखितमा भने, ‘मेराे संलग्नता छैन’

निर्मला हत्या प्रकरण : एसपी विष्टका छोराले लिखितमा भने, ‘मेराे संलग्नता छैन’

बेलौरी । कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख दिल्लीराज विष्टका छोराले लिखित जवाफ प्रहरीलार्इ पेश गर्दै निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणलाई छानविनका लागि आफूले सहयोग गर्ने बताएका छन् ।

 

पछिल्लो समय केही मान्छेहरुले सामाजिक सन्जाल र मिडिया प्रयोग गरेर अाफ्नाे बदनाम गर्ने प्रयास गरेकाले त्यसले आफूलाई अत्यन्त मर्माहित बनाएको कुरा उक्त नोटमा उल्लेख गरेका छन् ।



उनले आफ्नो हस्तलिखित जवाफमा हामीले कल्पना नै गर्न नसकिने निन्दनिय र घृणित कार्यको आरोपी भनेर जुन आरोप लगाईयो यसको छानविन गरी आफुमाथि आरोप लगाउनेहरुलाई समेत कार्बाहीको दायरामा ल्याउन सरकार समक्ष माग गरेका छन् ।

 

काठमाडाैंमा फोटोग्राफी अध्ययन गर्दै आएका एसपी विष्टका छोरा केही अनलाईन र केही व्यक्तिले अाफूप्रति अफवाह फैलाएको देखेर चकित भएको बताउछन् ।

 

सुरूमा भिमदत्त नगरका मेयर सुरेन्द्र विष्टको छोरा, केही छिनपछि भतिजासँगै एसपीका छोराहरुलाई जोडेर फेसबुकमा अर्धनग्न तस्वीर राखेर दुष्प्रचार गरिएको थियो । बदनाम गराउन यस्तो षड्यन्त्र रचेको उनीहरुको भनाई छ ।


उनले बुँदागत रुपमा पेश गरेको लिखित जवाफमा निम्न कुराहरु उल्लेख गरेका छन् ।

१) श्रावन १० गते आफनो जन्मदिन भएको र सो दिन आफु दिनभरी फोटो सुट गर्ने कार्यमा व्यस्त भएको तथा वेलुका आफ्नै घरमा साथीहरुसँग जन्मदिन मनाएको कुरा अवगत गराउँदछु ।

२) निर्मला पन्त बहिनीले न्याय पाउनु पर्दछ र अपराधीले सजाय पाउनुपर्छ, त्यसका लागि म अनुसन्धान टोलीलाई अपराध अनुसन्धान प्रक्रियामा सहयोग गर्न म सधैं तयार छु र आफू निर्दाेश भएको प्रमाण पनि दिनसक्छु ।

३) बम दिदीबहिनी र मेयरको भतिजा भनिने व्यक्तिसँग चिनजान समेत छैन ।

४) म एसपी विष्टको छोरामात्र नभएर नेपालको सर्वसाधारण नागरिक पनि हुँ त्यसैले पेशागत कुरालाई परिवारसँग नजोडन आग्रह गर्दछु ।

६) बिनाकारण सामाजिक र मानसिक यातना खेप्नु परेको, मेरो ईज्जत र करियरमा दाग लगाउन खोजिएकोले आधिकारिकता पुष्टि नभई अफवाह फैलाउने सामाजिक सन्जाल प्रयोगकर्तालाई छानविन गरी आवश्यक कार्वाही गर्न सरकारसँग माग गर्दछु ।

७) सत्यतथ्य नबुझि मेरो बारेमा समाचार नबनाउन सन्चार सम्बद्ध सबै मिडीयालाई अनुरोध गर्दछु ।

निर्मला पन्त दिल्लीराज विष्ट

विशेष