इन्डोनेसियाको भूकम्प र सुनामीमा मृत्यु हुनेहरुको सख्या ८३२ पुग्यो
काठमाडौं । इन्डोनेसियामा गएको भूकम्प र त्यसपछिको सुनामीमा परेर ज्यान गुमाउनेहरुको संखया ८३२ पुगेको छ । शुक्रबार इन्डोनेसियाको सुलावेसी नामक टापुमा शक्तिशाली भूकम्प गएको थियो । त्यसलगत्तै आएको सुनामीले ठूलो धनजनको क्षति गरेको छ ।
मृत्यु हुनेहरुको संख्या ८३२ नाघिसकेको इन्डोनेसियाका अधिकारीहरुले जानकारी दिएका छन् । मृतकहरुको खोजी कार्य अझै जारी छ । अब जीवीत भेटिनेसम्भावना भने कम भएको छ । मृतकहरुको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् ।
इन्डोनेसियाका उपराष्ट्रपति जुसुफ कल्लाले पालु सहरका भित्री इलाकासम्म उद्दारकर्ताहरु पुग्न अझै बाँकी रहेकोले मृतकहरुको संख्या बढ्न सक्ने जनाएका हुन् । मृतकहरुको संख्या १ हजारसम्म पुग्ने सक्ने आंकलन गरिएको छ ।
मृतकहरु अधिकांश पालु नगर भन्ने सहिरका वासीन्दा छन् । घटनामा परेर घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । कतिपय अस्पतालहरु नै भत्केका कारण खुला मैदानमा पाल टाँगेर पनि घाइतेहरुको उपचार गरिराखिएको छ ।