मुख्य समाचार

महानगर प्रमुख शाक्यले बाँडे ६ फुटबल क्लबलाई ५६ लाख रुपैयाँ

महानगर प्रमुख शाक्यले बाँडे ६ फुटबल क्लबलाई ५६ लाख रुपैयाँ

काठमाडौं । काठमाडौं महानगरपालिकाले जिल्लाका ६ वटा ए डिभिजन फुटबल क्लबलाई करीब  ५६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

 

 कामपाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त रकम हस्तान्तरण गरेका छन्। प्रत्येक क्लबलाई नौ लाख ३० हजारको दरले उनले रकम हस्तान्तरण गरे । रकम लिने क्लबमा नमूना मछिन्द्र, संकटा, एनआरटी, हिमालय शेर्पा, सरस्वती युथ र मनाङ्ग मस्र्याङ्दी क्लब छन् । 

 

 

कामपा प्रमुख शाक्यले सबैभन्दा लोकप्रिय खेल फुटबलको विकास र वृद्धिका लगि कामपाले सानो सहयोग गरेको बताउँदै क्लबहरुले उत्कृष्ट खेल खेलेमा आगामी दिनमा रकम थप्दै जाने विश्वास दिलाए । 

 

 

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपालको फुटबल क्षेत्रको विकासका लागि यो कोसेढुङ्गा भएको जिकिर गरे । मनाङ्ग मस्र्याङ्दी क्लबका अध्यक्ष कान्छामुखिया गुरुङले पछिल्लो समय क्लबहरुलाई नियमित रुपमा खेल सञ्चालन गर्न आर्थिक रुपमा नै कठिन हुँदै गएकाले कामपाको सहयोगले केही टेवा पुग्ने बताए । कार्यक्रममा कामपाले प्रत्येक क्लबलाई फुटबल खेल्दा लगाइने पोशाक पनि वितरण गरेको थियो । 

काठमाडौँ महानगरपालिका विद्यासुन्दर शाक्य फुटबल क्लब

विशेष