मुख्य समाचार

रूख कटानसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने सहमति

रूख कटानसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने सहमति

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीबीच निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पर्ने रूख कटानसम्बन्धी प्रस्ताव तत्काल मन्त्रिपरिषद्मा बैठक लैजाने सहमति भएको छ । 

 


सोमबार वन मन्त्रालयमा भएको बृहत् छलफलपछि उनीहरुबीच निजगढ विमानस्थल निर्माणसँगै सो क्षेत्रमा शहर (एयरपोर्ट सिटी) पनि निर्माण गर्दा थप रूख कटान गर्नुपर्ने सम्बन्धमा समेत छलफल भएको थियो ।

 

 

निजगढमा शुरुमा विमानस्थल मात्र निमार्ण गर्ने निर्णय भएको थियो तर पछि पर्यटन मन्त्रालयले विमानस्थलसँगै शहर पनि निर्माण गर्नुपर्ने प्रस्ताव अघि बढाएको छ । 

 

 

छलफलपछि पर्यटनमन्त्री अधिकारीले उक्त प्रस्ताव शीघ्र मन्त्रिपरिषद्मा लैजान वनमन्त्री बस्नेतसँग आग्रह गरेका थिए । मन्त्री बस्नेतले भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेर उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताएका उनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए । 

 

 

निजगढमा विमानस्थल मात्र निर्माण गर्दा सो क्षेत्रको वनका आठ लाख रूख कटान गर्नुपर्ने देखिएको छ भने शहरसमेत निर्माण गर्नका लागि २० देखि २२ लाख रूख कटान गर्नुपर्ने वन मन्त्रालयको अनुमान छ । उनीहरुबीच पर्यापर्यटनलाई प्रवद्र्धन गर्न दुवै मन्त्रालयबीच संयुक्त सर्भे टोली गठन गर्ने सहमति पनि भएको बताइएको छ । 

शक्तिबहादुर बस्नेत वन तथा वातावरणमन्त्री मन्त्रिपरिषद्मा निजगढ विमानस्थल

विशेष