मुख्य समाचार

बाँकेकाे विकासका लागि आफू सदैव प्रतिबद्ध छु- डा. कोइराला

बाँकेकाे विकासका लागि आफू सदैव प्रतिबद्ध छु- डा. कोइराला

नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपालगञ्जको विकासका लागि आफू सदैव प्रतिबद्ध रहेको बताएका छन् । ‘सुशील दाइको गृहजिल्ला भएकाले मेरो नेपालगञ्जसँग विशेष सम्बन्ध रहेको छ’, महामन्त्री कोइरालाले भने, ‘सुशील दाइ नभए पनि चिन्ता नलिनुस् बाँके टुहुरो छैन ।’ 

 

स्थानीय भिजन टेलिभिजनले आयोजना गरेको तीज नाच प्रतियोगिता समारोहमा महामन्त्री डा. कोइरालाले प्रदेश राजधानी टाढा भए पनि बाँके बर्दियालाई विकासको ओझेलमा पर्न नदिने प्रतिवद्धता व्यक्त गरे । 

 

‘प्रदेशको राजधानी नभए पनि नेपालगञ्जको विकासमा मैले सधैँ चासो राख्नेछु’, उनले भने, ‘नेपालगञ्ज प्रदेश नं. ५ को मात्रै नभई कर्णाली प्रदेश र प्रदेश नं. ७ को समेत व्यापारिक केन्द्र रहेकाले विकासका दृष्टिकोणले यो पछाडि पर्दैन् ।’

नेपालगञ्ज डा. शशाङ्क कोइराला

विशेष