नेकपा अध्यक्ष प्रचण्ड आरामका लागि ककनीमा

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार आरामका लागि पर्यटकीयस्थल ककनी आएका छन् ।
नेकपाका जिल्ला सदस्य तथा प्रदेशसभा सदस्य हीरानाथ खतिवडाले पूर्वप्रधानमन्त्री दाहाल परिवारसहित आरामका लागि एक होटेलमा बसेका जानकारी दिए । उनी मंगलबार बिहान राजधानी फर्कने बताइएको छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल कम्युनिष्ट पार्टी नुवाकोट ककनी