मुख्य समाचार

प्रस्तावित प्रधानन्यायाधीश मिश्रको संसदीय सुनवाई आज 

प्रस्तावित प्रधानन्यायाधीश मिश्रको संसदीय सुनवाई आज 

काठमाडौं । दीपकराज जोशी संसदीय सुनवाईबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि नयाँ प्रधानन्यायाधीशकालागि सोमबार संसदले सुनवाई गर्दैछ । प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रले सोमबार आफूविरुद्ध लागेका आरोपको सफाइ दिनेछन् ।  
संसदीय सुनुवाइ समितिले मिश्रविरुद्ध परेका उजुरीको सुनुवाइका लागि बिहान ९ बजे बैठक बोलाएको जनाएको छ ।

 

संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस गरिएका दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि ७ भदौमा बसेको परिषद् बैठकले मिश्रको नाम सिफारिस गरेको थियो । मिश्र सिफारिस भएसँगै सुनुवाइ समितिले उनीविरुद्ध उजुरी आह्वान गरेको थियो ।

 

मिश्रविरुद्ध सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको मुद्दामा आफ्ना नातेदारको पक्षमा पर्ने गरी फैसला गरेको, फौजदारी अभियोग लागेका ४ जनालाई सफाइ दिएकोलगायत उजुरी परेका छन् । त्यसैगरी एनसेल लाभकर विवाद जारी रहेका बेला लाभांश लैजान दिने आदेश गरेकोलगायत आरोप पनि उनीविरुद्ध लगाइएको छ ।
 

विशेष