मुख्य समाचार

अल्टिच्युड एअरको हेलिकोप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन 

अल्टिच्युड एअरको हेलिकोप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन 

काठमाडौं । शनिबार गोरखाको सामागाउँमा दुर्घटनामा परेको अल्टिच्युड एअरको हेलिकोप्टर दुर्घटनाको छानविन हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन सदस्यीय छानविन समिति गठन गरेर अध्ययन सुरु गरेको छ । 

 

समितिका संयोजकमा पर्यटन मन्त्रालयका सहसचिव बद्धिसागर लामिछाने छन् भने सदस्यहरुमा सिम्रिक एअरका वरिष्ठ क्याप्टेन सिद्धार्थजंग गुरुङ, समिट एअरका वरिष्ठ इञ्जिनियर मेघेन्द्रकुमार श्रेष्ठ रहेका छन् । 

 

गोरखाको सामागाउँबाट काठमाडौं फर्किने क्रममा शनिबार अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको थियो । हेलिकोप्टरमा सवार ७ जनामध्ये ६ जनाको मृत्यु भएको थियो भने एक जना आनी डोल्मा डिकीको जिवितै उद्धार गरिएको थियो । उनको ललितपुरको धापाखेलस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

 

दुर्घटनामा पाइलट निश्चल केसीसहित रामेछापका दिल्लीबहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोर्खाका छोवाङ नुर्बु, सिन्धुपाल्चोकका सुनिल तामाङ र जापानी नागरिक हिरोमी कोमात्सुको मृत्यु भएको थियो ।


 

विशेष