मुख्य समाचार

कृष्ण अधिकारीका हत्या आरोपी पौडेल रिहा, नेकपा कार्यक्रताद्वारा खुसीयाली

कृष्ण अधिकारीका हत्या आरोपी पौडेल रिहा, नेकपा कार्यक्रताद्वारा खुसीयाली

काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले प्रतिवादीहरूलाई सफाइ दिएसँगै छविलाल पौडेल सोमबार डिल्लीबजार कारागारबाट रिहा भएका छन् । 

 

 

जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले आइतबार अधिकारी हत्यासम्बन्धी मुद्दाका प्रतिवादीलाई सफाइ दिनुका साथै पौडेललाई पनि रिहा गर्नू भनी डिल्लीबजार कारागारलाई निर्देशन दिएको थियो । 

 

 

रिहा भएपछि पौडेललाई कारागार परिसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं गोरखा क्षेत्र नं १ का सांसद हरिराज अधिकारीले स्वागत गरेका थिए ।  त्यस्तै नेकपाका नेता÷कार्यकर्ताले पौडेल रिहा भएको खुसीयालीमा करागार परिसरबाट बाजागाजासहितको र्याली निकालेका थिए । 

 

 

कृष्णप्रसादको विसं २०६१ जेठ २४ मा हत्या भएको थियो । प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमङ्गलामा हजुरबुबा भेट्न आएका समयमा अपहरणपछि रत्ननगरको बकुलहरमा उनको हत्या भएको थियो । 

 

 

उक्त अदालतको प्रारम्भिक आदेशविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतमा समेत निवेदन पुगेपछि छविलाललाई थुनामा राख्नुपर्ने आदेश भएको थियो ।

 

 

सोही आदेशानुसार गत असार २४ गते उनी सर्वोच्च अदालतसमक्ष हाजिर भएपछि डिल्लीबजार कारागार चलान गरेको थियो । कारागारबाट रिहा भएलगत्तै पौडेलले पत्रकारसमक्ष उक्त घटनामा ‘आफूविरुद्ध तथ्य नबुझेरै उजुरी दिएको, उनीहरुलाई पछुतो नहोस्’ भन्ने प्रतिक्रिया दिए । 

गोरखा कृष्णप्रसाद अधिकारी डिल्लीबजार कारागार

विशेष