मुख्य समाचार

निर्मला पन्त प्रकरणः छानबिनमा खटिएका उपसचिवद्वारा जीवन रक्षाको माग

निर्मला पन्त प्रकरणः छानबिनमा खटिएका उपसचिवद्वारा जीवन रक्षाको माग

कञ्चनपुर । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिनमा खटिएका उपसचिव वीरेन्द्र केसीले आफूलाई ज्यानको डर भएको बताएका छन् । 

 

 

सोमबार समितिबाट राजीनामा दिएका प्रदेश सातका आन्तरिक मामिला मन्त्रालयका उपसचिव केसीले छानबिनको क्रममा आफूले गरेका अनुसन्धानका कारण शक्तिशाली अपराधीबाट आफ्नो हत्या हुन सक्ने भन्दै सुरक्षा मागसमेत गरेका छन्। राष्ट्रिय मानवअधिकार आयोगलगायत संस्थासँग जीवन रक्षाको अपिल गरेको उनले बताए।  

 

 

निर्मला र उनको परिवारलाई यस समितिमार्फत् न्याय दिन आफ्ना तर्फबाट असम्भव देखिएकाले समितिबाट अलग भएको उपसचिव केसीले बताए ।सरकारले घटनाको अनुसन्धान गर्न आइतबार १५ दिन म्याद थप गरेको थियो।  

 

 

भदौ ७ मा सरकारले घटनाको छानबिन गर्न कारागार व्यवस्था विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो।

निर्मला पन्त बलात्कार

विशेष