खेल

भारत र अफगानिस्तानसँग खेल्न नेपाली क्रिकेट टिम भारत जाँदै

भारत र अफगानिस्तानसँग खेल्न नेपाली क्रिकेट टिम भारत जाँदै

 काठमाडौं । एकदिवसीय सिरिज खेल्न नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोली सोमबार भारत जाँदै छ। भारत र अफगानिस्तानसँग खेल्ने नेपाली यू-१९ को टिम त्यसतर्फ प्रस्थान हुन लागेको हो । 

 

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को निमन्त्रणामा यू- १९ सिरिज खेल्न नेपाली टोली लखनउ तर्फ जान लागेको हो। ५० ओभरको प्रतियोगितामा नेपालसहित भारत ‘ए’ र ‘बी’ तथा अफगानिस्तानको यू-१९ टोलीले लखनउमा खेल्ने भएका हुन्।

 

भारत जाने खेलाडीको नाम भने गत शुक्रबार सार्वजनिक गरिएको थियो । मोहमद आसिफ शेखको कप्तानीमा खेलाडी छनोट समितिले टोलीको घोषणा गरेको हो ।  आईसीसी प्रतिनिधि अनिमुल इस्लाम, प्रशिक्षक दास, सुनोज भट्टराई र राजु खड्कालगायतले नेपाली टोलीको छनोट गरेको हो ।

 

त्यस्तै तृतराज दास, रीत गौतम, पवन सर्राफ, किशोर महतो, रशिद खान, भीम सार्की, कमल सिंह ऐरी र सन्दीप जोरा टिममा छन् । उनीहरु सबै यसअघि यू–१९ र यू–१६ राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरु हुन् ।

 

टिममा ६ जना नयाँ अनुहार छन् । रवि साह, विपिन बराल, लोकेश बम, सागर ढकाल, अरुण ऐरी र मोहम्मद सम्साद आलम गत महिनाको अन्त्यमा भएको ट्यालेन्ट हन्टबाट छनोट भएका हुन्।

 

युवा टोलीको क्षमता विकासको लागि भारतले हरेक वर्ष आयोजना गर्ने यो सिरिजमा गत वर्ष श्रीलंकाको यु १९ टोलीलाई बोलाएको थियो यस पटक नेपाललाई मौका दिइएको हो।

यू-१९ राष्ट्रिय क्रिकेट टोली एकदिवसीय सिरिज भारत र अफगानिस्तान

विशेष