मुख्य समाचार

रोकिएन सुन तस्करी, दश किलो सुनसहित २ जना पक्राउ

रोकिएन सुन तस्करी, दश किलो सुनसहित २ जना पक्राउ

गोरखा । अवैध १० किलो सुनसहित प्रहरीले गोरखाबाट २ जनालाई पक्राउ गरिएको छ । उनीहरु जिल्लाको चुमनुव्री गाउँपालिका-३ सिर्दिवास फिलिमबाट पक्राउ गरिएका हुन् । पक्राउ पर्नेमा चुमनुव्री-७ छेक्म्पारका ५८ वर्षीय मुटुप लामा भनिने छिरिङ डन्डुप लामा र २८ वर्षीय लोप्चन तेन्वे रहेका छन् । 

 

 

बरामद सुनको मूल्य चार करोड ९३ लाख बराबर छ। प्रहरीका अनुसार छिरिङले गलबन्दीभित्र सुन राखी बाहिरबाट सिलाएर कम्मरमा बेल्ट जस्ता बनाएर ५ किलो सुन र सात तोलाको दुई थान कुन्दरा, १ तोलाको दुई थान टप अवैध रुपमा चीनबाट ल्याउँदै गरेको अवस्थामा बरामद गरेको जनाएको छ।

 

 

छिरिङसँगै रहेका लोप्चनले रातो झोलामा ५ किलो सुन बोकेको एसपी बिमल बस्नेतले जानकारी दिए। गत शनिबार पक्राउ परेका उनीहरुलाई दुई दिन लगाएर प्रहरीले सिर्दिवासबाट सदरमुकाममा ल्याएपछि सोमबार सार्वजनिक गरेकोहो।

 

 

दैनिक उपभोग्य सामग्री खरिदका लागि तिब्बतको जोङ बजार पुगेका छिरिङ र लोप्चनको स्थानीय व्यापारी च्याङचिनसँग चिनजान भएको थियो। खुल्ला सिमानाका कारण अवैध तरिकाले सामान ओसार पसार हुन सक्ने आशंकमा स्थानीय प्रशासनले हेलिकप्टर चेकिङमा कडाइ गरेको छ। हेकिलप्टरमा कडाइ गरेपछि पैदल मार्ग भएर सुन ओसारपोसार हुन थालेको आशंका गरिएको छ।

सुन गोरखा सिर्दिवास फिलिम

विशेष