मुख्य समाचार

कांग्रेस नेता सिंहको आरोप- सरकारले सपना बाड्यो, पूरा गर्न सकेन

कांग्रेस नेता सिंहको आरोप- सरकारले सपना बाड्यो, पूरा गर्न सकेन

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारलाई भाषण मात्रै नगरेर काम गरेर पनि देखाउन  आग्रह गरेका छन् । 

 

काठमाडौंमा आयोजित एक कार्यक्रममा सरकारले चर्चामा आउन ठूलाठूला सपना बाडे पनि नागरिकको सुरक्षा गर्नसमेत चुकेको नेता सिंहले आरोप लगाएका छन्। 

 

उनले भने, ‘दिनै बलात्कार हत्या जस्ता आपराधिक गतिविधि भइरहँदासमेत दोषीलाई कारबाहीको माग गरेर जनता सडकमा आउनु पर्ने लाठी खानु पर्ने, गोली लागेर मारिनु पर्ने तर सरकार अझै पनि  केही पनि नभए जस्तो गरेर बसिरहेको छ।’

 

यस्तै, नेता सिंहले अहिलेको काँग्रेस नेतृत्वबाट पाटी सुधार हुन नसक्ने भएकाले पार्टीभित्रबाटै सुधार गर्नुपर्नेमा जोड दिए । 

प्रकाशमान सिंह नेपाली काँग्रेस

विशेष