खेल

माल्दिभ्सका प्रशिक्षकले नेपाली फुटबल टिमको यसरी प्रशंसा गरे

साफ च्याम्पियनशिप

माल्दिभ्सका प्रशिक्षकले नेपाली फुटबल टिमको यसरी प्रशंसा गरे

काठमाडौं, भदौ २६ । बंगलादेशमा भइरहेको साफ च्याम्पियनशिपको सेमिफाइनलमा बुधबार नेपाल माल्दिभ्सविरुद्ध मैदानमा उत्रिँदैछ । खेल नेपाली समय अनुसार पौने चार बजे हुनेछ । प्रतियोगिताका लागि नेपाली टिमले मंगलबार सामान्य अभ्यास गरेको छ ।

 

 

सेमिफाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जनले बुधबारको दिन नेपाली फुटबलका लागि ऐतिहासिक क्षण बन्ने दावी गरे । 

 

 

समग्रमा चौथो पटक सेमिफाइनलमा पुगे पनि नेपाल अहिलेसम्म फाइनलमा पुग्न सकेको छैन । नेपालका कप्तान विराज महर्जनले अघिल्ला खेलको प्रदर्शनले गर्दा टिममा आत्मविश्वास बढेको प्रतिक्रिया दिए । 

 

 

साफ च्याम्पियनसिपमा नेपाल र माल्दिभ्स अहिलेसम्म जम्मा ६ पटक खेलेका छन् । जसमा चार खेल माल्दिभ्सले जितेको छ भन दुई खेल बराबरीमा सकिएको थियो । साफ च्याम्पियसिपको सन् २००९ र २०११ को संस्करणमा बराबरी गर्न सफल नेपाल त्यसअघि भएका संस्करणमा भने पराजित भएको थियो ।

 

 

समग्रमा भने नेपाल र माल्दिभ्स १५ पटक खेलेका छन् । नेपालले चार खेल जितेको छ भने सात खेलमा पराजय भोगेको छ । बाँकी चार खेल बराबरीमा सकिएका छन् । नेपाल र माल्दिभ्स अन्तिम पटक सन् २०१२ मा मैत्रिपूर्ण खेलमा भिडेका थिए । जसमा नेपाल २-१ ले पराजित भएको थियो ।

साफ च्याम्पियनशिप बंगलादेश नेपाल माल्दिभ्सविरुद्ध मैदानमा

विशेष