मुख्य समाचार

निर्मला प्रकरणः उपसचिव केसीको राजीनामाबारे छानबिन हुन्छ- गृहमन्त्री थापा

निर्मला प्रकरणः उपसचिव केसीको राजीनामाबारे छानबिन हुन्छ- गृहमन्त्री थापा

बनेपा । गृहमन्त्री रामबहादुर थापा ‘बादल निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानविन समितिका सदस्य वीरेन्द्रबहादुर केसीले दिएका राजीनामाको सम्बन्धमा छानविन भइरहेको बताएका छन् ।

 

 

प्रदेश नं. ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिवसमेत रहेका केसीले सोमबार समितिको म्याद थपिएकोमा असहमति जनाउँदै घटनाका मुख्य अपराधीबाट आफू र आफ्नो परिवारलाई असुरक्षा भएको दाबी गरेका गर्दै सोमबार राजीनामा  दिएका थिए ।

 

 

काभ्रेको बनेपामा जिल्ला सहकारी सघंले मंगलबार आयोजना गरेको ५१औँ स्थापना दिवस तथा ३७ औँ वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै मन्त्री बादलले देशको विकास र समृद्धिको अभियानमा सहकारी संस्थाले गरेको क्रियाकलापले महत्वपूर्ण भूमिका पुर्याउने विश्वास व्यक्त गरे । 

 

 

उनले भने,‘विकास र सृमद्धि भनेको नै सामाजवाद हो यसले मात्रै मुलुकमा आर्थिक परिर्वतन ल्याउन सक्छ ।’ उनले अब सहकारी संस्थाले उत्पादन र आर्थिक क्षेत्रमा साना–साना पूँजीलाई सङ्कलन गरेर ठूलो पूँजीमा परिणत गर्ने र त्यहीबाट ठूलो व्यवसाय गर्ने बाटोतर्फ उन्मुख हुनुपर्ने बताए । 

 

 

कार्यक्रममा जिल्ला सहकारी सङ्घको स्थापनाकालदेखि महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति र संघसंस्थालाई सम्मान गरियो । गृहमन्त्री थापाले जिल्ला सहकारी सङ्घले प्रकाशन गरेको सहकारीसम्बन्धी पुस्तक जुइनोको दोस्रो अंक विमोचन गरे ।

विशेष