मुख्य समाचार

निर्मला हत्या प्रकरणः घटनाका मुख्य दोषी भनिएका दिलीपसिंह विष्ट रिहा

निर्मला हत्या प्रकरणः घटनाका मुख्य दोषी भनिएका दिलीपसिंह विष्ट रिहा

कञ्चनपुर । भीमदत्त नगरपालिका-२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगमा प्रहरीले मुख्य अभियुक्तका रुपमा पक्राउ गरिएका दिलीपसिंह विष्ट  निर्दोष सावित हुँदै रिहा भएका छन् । 

 

 

निर्मलाको डिएनएको प्रोफाइल र दिलीपसिंहको डिएनएको प्रोफाइल नमिलेपछि विष्टलाई जिल्ला अदालत कञ्चनपुरले मंगलबार साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । 

 

 

‘निर्मलाको डिएनएको प्रोफाइलसँग दिलीपसिंहको डिएनएको प्रोफाइल नमिलेपछि उनलाई अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कुवेर कडायतले भने ।

 

 

१३ वर्षीया बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले ४१ वर्षीय विस्टलाई गत ४ भदौमा घटनास्थल नजिकैबाट पक्राउ गरेको थियो । मानसिक सन्तुलन समेत गुमाएका विस्टलाई पक्राउ गरेपछि कञ्चनपुरमा भएको प्रदर्शनमा एकजनाले ज्यान गुमाएका थिए । 

 

 

निर्मला गत साउन १० गतेदेखि बेपत्ता भएकी थिइन् । बेपत्ता भएकी उनको शव भोलिपल्ट गाउँ नजिकैको उखुबारीमा नग्न अवस्थामा भेटिएको थियो ।

निर्मला पन्त दिलीपसिंह विष्ट भीमदत्त नगरपालिका-२

विशेष