मुख्य समाचार

तीन राप्रपाले एकैपटक यस्तो दिए तीजको शुभकामना

तीन राप्रपाले एकैपटक यस्तो दिए तीजको शुभकामना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीनवटै समूहले हरितालिका तीज पर्वका उपलक्ष्यमा मंगलबार शुभकामना दिएका छन् ।  

 

एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले हिन्दू धर्मावलम्बीको महान् पर्व तीजका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीलाई शुभकामना व्यक्त गर्दै घरपरिवारमा महिलामाथि हुने आर्थिक, सामाजिक विभेद तथा असन्तुलित श्रमको वर्गीकरणजस्ता सामाजिक विकृतिविरुद्ध शुरु भएको संस्कृतिले अहिले उक्त वर्गलाई सामाजिक न्याय र सामाजिक सुरक्षा उपलब्ध गराउन सहयोग पुर्याएको उल्लेख गरेका छन् ।

 


राप्रपाका उपाध्यक्ष दिलविकास राजभण्डारीले विज्ञप्ति जारी गर्दै मुलुकको विकास र समृद्धिमा परम्परागत मूल्यमान्यता तथा संस्कृतिलाई संरक्षण गरी अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । 

 

 

राप्रपा (प्रजातान्त्रिक) का प्रवक्ता राजेन्द्र गुरुङले पनि विज्ञप्तिमार्फत हिन्दू अनुयायीले परम्परादेखि मनाउँदै आएको सो पर्वले मुलुकमा सबै जाति र समुदायबीच सामाजिक सद्भाव बलियो बनाउने विश्वास व्यक्त गर्दै महिलाको सामाजिक सुरक्षाको विषयलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी हरितालिका तीज

विशेष