मनोरञ्जन

अशोक दर्जीको नयाँ घरका विशेषता यस्ता छन्

अशोक दर्जीको नयाँ घरका विशेषता यस्ता छन्

काठमाडौं । अहिले चर्चित बाल गायक अशोक दर्जी दमकस्थित नयाँ घरमा सरेका छन् । नयाँ घरमा सरेपछि अहिले उनी थप चर्चित बनेका छन् ।

 

टहरोमा बस्दै आएको दर्जीको परिवारलाई हास्य अभिनेता हरिवंश आचार्यले नयाँ घरको साँचो हस्तान्तरण गरेका हुन् । दर्जीको घर मात्र नयाँ छैन, घरभित्रका सम्पूर्ण फर्निचर नयाँ छन् ।

 

बैठक कोठामा ४३ इन्चको टिभी सेट मात्र होइन होम थिएटर नै छ । सोफा, दराज, टि-टेबल, पलङ, डाइनिङ टेबल, फ्रिज, राइस कुकुरदेखि ग्यास चुलोसम्म नयाँ छन् ।

 

चार कोठाको उक्त घर निर्माण तथा फर्निचर खरिदमा २ लाख रुपैयाँ खर्च भएको संगीतकार टंक बुढाथोकीले बताएका छन् । संगीतकार बुढाथोकी तथा डिजे रुपकको प्रयासमा उक्त घर निर्माण भएको हो ।

दमक बाल गायक अशोक दर्जी

विशेष