मुख्य समाचार

बझाङमा प्रहरीमाथि अज्ञात समूहद्धारा सामूहिक अाक्रमण,  एक प्रहरी जवान गम्भिर घाइते 

बझाङमा प्रहरीमाथि अज्ञात समूहद्धारा सामूहिक अाक्रमण,  एक प्रहरी जवान गम्भिर घाइते 

बझाङ । बझाङमा प्रहरी, पत्रकार र यात्रुमाथि अाक्रमण भएको छ । जिल्लाकाे दुर्गाथली गाउँपालिका वडा नम्बर ५ नजिकै रहेकाे बाजकाँडामा एक्कासी अज्ञात समूहबाट अाक्रमण भएको हाे । 

 

दुर्गाथली गाउँपालिका र छबिस पाथिभरा गाउँपालिकाकाेबीच केन्द्रमा चल्ने बिर्सती मेला सकाएर बिसाैना प्रहरी चाैकीबाट फर्कदै गरेका प्रहरीहरु र अन्य छ जना यात्रुहरुमाथि अाक्रमण भएकाे जनार्इएकाे छ । 

 

राती करिब ८ बजेकाे समयमा एक्कासी बीच सडकमा उनीहरु चढेकाे गाडी राेकेर मदिरा सेवन गरेकाे १५-१६ जनाकाे अज्ञात समूहले प्रहरी जनक विष्ट र पत्रकार उत्तम कुमार थापा र केही यात्रुलार्इ धारिलाे हतियार र ढुङ्गामुढा प्रहार गरी अाक्रमण गरेकाे पत्रकार उत्तम थापाले जनाए । 

 

घार्इते प्रहरी जवान जनक विष्टकाेअवस्था निकै नाजुक भएकाले जिल्ला अस्पताल बझाङमा उपचार हुन नसकेपछि नेपालगञ्ज रेफर गरिने वडा प्रहरी नायब निरिक्षक रामसिंह बाेहाेराले जानकारी दिए । 

 

घार्इते विष्टकाे निधार र टाउकाे गहिराे चाेट लागेकाे बाेहराले बताए । त्यस्तै  प्रहरी नायब निरिक्षक भान्देव जाेशी, जवान गणेशप्रसाद विष्ट सामान्य घार्इते भएका छन् । 


 
प्रहरी निरिक्षक रामसिंह बाेहराले भने, ‘प्रहरी ३ जना मात्र थिए । उनीहरुकाे समूह निकै ठूलाे भएकाले हाम्राे केही लागेन । हातहतियार थियाे अात्मरक्षा गर्न त प्रहरी सक्थ्याे तर हामीले जनतालार्इ शान्ती सुरक्षा दिन बर्दी लगाएका हाैं। मान्छे मार्न हाेर्इन अब छानबिन गरिरहेका छाैं । तिनीहरुलार्इ कार्बाही गरेरै छाड्छाैं ।’
 

विशेष