मुख्य समाचार

प्रधानमन्त्री ओली र श्रीलकांली राष्ट्रपतिबीच भेट, यस्ताे भयो कुराकानी

प्रधानमन्त्री ओली र श्रीलकांली राष्ट्रपतिबीच भेट, यस्ताे भयो कुराकानी

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनासँग शनिबारअपराह्न शिष्टाचार भेट गरेका छन् । 

 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका क्रममा राजधानीमा रहेका राष्ट्रपति सिरिसेनासँग प्रधानमन्त्रीले शिष्टाचार भेट गरेका हुन् ।

 

भेटका अवसरमा उनीहरुबीच नेपाल, श्रीलङ्का सम्बन्धका साथै पारस्परिक हित र चाँसोका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

 

त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रीलङ्काका विदेश राज्यमन्त्री वसन्ता सेनानायके, परराष्ट्र सचिव शङ्करदास वैरागी, श्रीलङ्काका लागि नेपाली राजदूत विश्वम्भर प्याकुर्याल र नेपालका लागि श्रीलङ्काका राजदूत डब्ल्यू एस परेराको उपस्थिति थियो । 

प्रधानमन्त्री केपी शर्मा ओली मैत्रीपाला सिरिसेना

विशेष